मोदीलाई कालो झण्डा देखाउने महिलामाथि गो’ली प्र’हार

admin

एजेन्सी, २० पुस : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाउने एक महिलामाथि गो’ली प्र’हार भएको छ ।

भारतको उत्तर प्रदेशको सुल्तानपुरमा प्रधानमन्त्री मोदीलाई कालो भण्डा देखाउने रीता यादवमाथि गो’ली प्र’हार भएको हो । खुट्टामा गो’ली लागेर घाइते भएकी यादवको सुल्तानपुर जिल्ला अस्पतालमा उपचार भइरहेको बीबीसी हिन्दीले जनाएको छ ।

घाइते रीता यादवले आफू पोस्टर ब्यानर बनाउन सुल्तानपुर गएको र घर फर्कने क्रममा आफूमाथि गो’ली प्र’हार भएको बताएकी खबरमा उल्लेख गरिएको छ । उनीमाथि गो’ली प्र’हार गर्नेहरुको खोजी भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

गत नोभेम्बर १६ तारिखमा उनले प्रधानमन्त्री मोदीलाई कालो झण्डा देखाएकी थिइन् । कालो झण्डा देखाएको भन्दै यादवलाई पक्राउ गरेको थियो । पक्राउ गरेको दुई दिनपछि उनलाई रिहा गरिएको थियो ।

यो घटनाको एक महिना पछि गएको डिसेम्बर १७ तारिखमा उनी कांग्रेस पार्टीमा प्रवेश गरेकी थिइन् । तर, गो’ली प्र’हार भएको यो घटना प्रधानमन्त्रीलाई कालो झण्डा देखाएको घटनासँग सम्बन्धित रहे नरहेको खुल्न बाँकी छ ।

प्रतिक्रिया