आज नौं सय घट्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, २० पुस : सुनको मूल्य (आज) मंगलबार तोलामा नौं सय रुपैयाँले घटेको छ । (हिजो) सोमबार तोलामा ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार नौं सय रुपैयाँले घटेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य समेत मंगलबार तोलामा नौं सय रुपैयाँले नै घट्दै ९१ हजार ७०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी चाँदीको पनि मूल्य घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी मंगलबार १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया