ह’त्याको प्रयासबाट जोगिए हैटीका प्रधानमन्त्री

admin

एजेन्सी, २० पुस : हैटीका प्रधानमन्त्री एरिअल आङ्ग्री ह’त्याको प्रयासबाट जोगिएका छन् ।

देशको स्वतन्त्रता दिवस मनाउने क्रममा गएको शनिबार उत्तरी सहर गोनाएभ गिर्जाघरमा ब’न्दुकधा’रीले प्रधानमन्त्री आङ्ग्रीलाई मार्ने प्रयास गरेको त्यहाँको सुरक्षा निकायलाई उदृत गरी बीबीसीले जनाएको छ ।

सुरक्षा निकाय र ब’न्दुकधा’रीबीच भएको गो’ली हानाहानका क्रममा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । गएको जुलाईमा तत्कालीन राष्ट्रपतिको ह’त्या भएपछि हैटीमा सुरक्षा अवस्था बिग्रिएको छ । ५३ वर्षका राष्ट्रपति जोभनेल मोइनको निवासमै ह’त्या भएको थियो । आङ्ग्री मोइनको ह’त्या भएको दुई हप्ता पछि देशको कार्यवाहक प्रमुख बनेका हुन् ।

प्रतिक्रिया