राप्रपा अध्यक्षद्वारा ३१ जना केन्द्रीय सदस्यमा मनोनीत (नामावलीसहित)

admin

काठमाडौं, २० पुस : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ३१ जनालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनीत गरेका छन् ।

लिङ्देनले राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदी र पूर्वमन्त्री दीपक बोहरासहित ३१ जनालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनीत गरेका हुन् । महाधिवेशनको निर्वाचन प्रक्रियामा भाग नलिएका वरिष्ठ र युवा नेताहरूलाई कार्यसमितिमा मनोनयन गरिएको छ ।

विधानअनुसार अध्यक्षले पहिलो चरणमा सबै पुस्ता र समावेशी मिलाएर केन्द्रीय सदस्य मनोनयन गरेको केन्द्रीय सदस्य मोहनकुमार श्रेष्ठले बताए । राप्रपाको विधानमा एक सय ९९ सदस्यीय केन्द्रीय कार्यसमिति हुने व्यवस्था छ ।

प्रतिक्रिया