विवेकशील साझा पार्टीद्वारा पृथ्वी जयन्तीलाई ‘नेपाल दिवस’ का रूपमा मनाउन माग

admin

काठमाडौं, २० पुस : विवेकशील साझा पार्टी नेपालले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवस’ का रूपमा मनाइनुपर्ने माग गरेको छ ।

आउँदो २७ गते पर्ने नेपाल राज्यका निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसका सन्दर्भमा विवेकशील साझा पार्टीले (आज) मंगलबार एक विज्ञप्ति निकालेर राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदा दिइयोस् भन्ने माग पनि गरेको छ ।

‘संसारका धेरैजसो देशमा विशिष्ट महत्त्वको निश्चित दिनमा राष्ट्रिय दिवस मनाइने गरिन्छ जुन स्थायी हुन्छ, नेपालका हकमा हाम्रो निश्चित राष्ट्रिय दिवस छैन, पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नै ‘नेपाल दिवस’ का लागि सबैभन्दा उपयुक्त दिन हुन सक्छ भन्ने हाम्रो धारणा हो’, विज्ञप्तिमा भनिएको छ ।

पार्टीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा यही २७ गतेदेखि ुमेची–महाकाली राष्ट्रिय एकता यात्राु प्रारम्भ गर्ने तथा त्यो यात्रा माघ १६ गते शहीद दिवसका दिन अन्त्य हुने जनाउँदै यसमा सहभागी हुन नागरिकलाई अपिल गरेको छ ।

प्रतिक्रिया