भक्तपुरमा एक लाख ८६ हजार ९०१ मतदाता

admin

भक्तपुर, २० पुस : भक्तपुरमा १८ वर्ष उमेर पुगेका मतदाताको सङ्ख्या एक लाख ८६ हजार ९०१ रहेको छ ।

जिल्ला निर्वाचन कार्यालयले नगरपालिकास्तरमा आयोजना गरेको एकमहिने फोटोसहितको मतदाता नामावली सङ्कलन अभियानअन्तर्गत दुई हजार ५३० नयाँ मतदाताले नाम दर्ता गराएका छन् ।

कार्यालयका सूचना अधिकारी भीमबहादुर विसीका अनुसार भक्तपुर नगरपालिकामा ५७ हजार ३८३, सूर्यविनायक नगरपालिकामा ४६ हजार २९५, मध्यपुर थिमि नगरपालिकामा ४१ हजार २९६ र चाँगुनारायण नगरपालिकामा ४१ हजार ९२७ मतदाता सङ्ख्या पुगेको जानकारी दिनुभयो ।

जिल्ला निर्वाचन कार्यालयले चाँगुनारायण, मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकामा सञ्चालन गरिएको अभियानमा एक हजार ३२८ पुरुष र एक हजार २०२ महिलाले नाम दर्ता गराएका छन् । भक्तपुर नगरपालिकाको हकमा जिल्ला प्रशासन र जिल्ला निर्वाचन कार्यालयमा आएर नाम दर्ता गराउन आह्वान गरिएको थियो ।

अभियानअन्तर्गत सूर्यविनायकमा महिला २६४ र पुरुष ३३९, मध्यपुर थिमिमा महिला १७३ र पुरुष १७८, चाँगुनारायणमा महिला ३३२ र पुरुष ३८७ तथा भक्तपुर जिल्ला प्रशासन तथा जिल्ला निर्वाचन कार्यालयमा आएर ४२४ पुरुष र ४३३ महिलाले नाम दर्ता गराएका थिए ।

नगरपालिकास्तरमा अभियान सम्पन्न भए पनि नाम दर्ता गर्न छुटेकाको हकमा जिल्ला प्रशासन वा जिल्ला निर्वाचनमा दर्ता गराउन सकिने सूचना अधिकारी जिसीले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया