३३ किलो सुन प्रकरण गोरेका भाई पक्राउ

admin

काठमाडौं, २० पुस : बहुचर्चित ३३ किलो सुन प्रकरणका अर्का फरार व्यत्ति रमेश उप्रेती प क्रा उ परेका छन् ।

तस्करीका मुख्य नाइके भनिएका चुडामणि उप्रेती ’गोर’ का भाई रमेश उप्रेतीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो । हिजो दुबईबाट एयर अरेबियाको विमान मार्फत नेपाल आएका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

दुबईमा बस्दै आएका गोरेका भाई रमेश उप्रेतीमाथि उताबाट सुन नेपाल पठाउने गरेको आरोप अभियोग लगाइएको छ ।

३३ केजी सुन हराएको जानकारी रमेशलाई पहिले नै भएको र गोरेले फोनबाट हराएको सुन खोजी भइरहेको समेत उनलाई जानकारी गराएको पनि अभियोगपत्रमा उल्लेख छ ।

तीन वर्षअघि नै उनलाई दुबई प्रहरीले नियन्त्रणमा लिएकोमा नेपाल प्रहरीले आवश्यक कागजपत्र उपलब्ध गराउन नसक्दा उनी छुटेका थिए ।

सुन प्रकरणका मुख्य योजनाकार भनिएका गोरेलाई अदालतले सोनम शाक्यको हत्यासहितको अभियोगमा जन्मकैद सजाय सुनाइसकेको छ ।

प्रतिक्रिया