आज ६ सय बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, २१ पुस : (हिजो) मंगलबार तोलामा ९ सय रुपैयाँले घटेको सुनको मूल्य (आज) बुधबार भने फेरि बढेको छ ।

बुधबार सुन तोलामा ६ सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको छ । मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ थियो । यसैगरी बुधबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी बुधबार तोलामा १२ सय ६० रुपैयाँ तोकिएको छ । मंगलबार तोलामा १२ सय ५० रुपैयाँ थियो ।

प्रतिक्रिया