केही दिन लगातार बढेको शेयर बजार आज ४९.२० विन्दुमा झर्‍यो

admin

काठमाडौं, २१ पुस : शेयर बजार परिसूचक नेप्से (आज) बुधबार घटेको छ । नेप्से बुधबार ३० दशमलव ७५ अङ्कले घटेर दुई हजार ६ सय ४९ दशमलव २० विन्दुमा झरेको छ ।

बुधबार हाइड्रोपावर र फाइनान्सबाहेक अरू सबै समूहको शेयर घटेकोमा निर्जीवन बीमा समूह, माइक्रोफाइनान्स, विकास बैंक, होटल र जीवन बीमा समूहको शेयर उच्च अङ्कले घटेको छ । दुई सय ३६ कम्पनीका ९५ लाख ५९ हजार कित्ता शेयर चार अर्ब ६२ करोड रुपैयाँमा कारोबार भएको छ ।

बुधबार सबैभन्दा धेरै शिवम् सिमेन्टको १८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो । विजय लघुवित्त, फर्स्ट माइक्रोफाइनान्स विकास बैंक, किसान लघुवित्त र सिभिल लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै चार प्रतिशतभन्दा धेरैले घटेको छ । बुधबार मध्यभोटेकोसीको शेयर भने झन्डै १० प्रतिशतले बटेको छ ।

प्रतिक्रिया