भोलिका लागि बोलाइएको प्रतिनिधिसभा बैठक फेरि एक साताका लागि स्थगित

admin

काठमाडौं, २१ पुस : (भोलि) बिहीबारका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । अर्को बैठक यही पुस २८ गते बुधबार बस्नेछ । यसअघि पुस १८ गतेका लागि बोलाइएको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको थियो ।

सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले (आज) बुधबार सूचना निकालेर बैठक यही पुस २८ गते दिउँसो १ बजे बस्ने जानकारी गराएका हुन् । ‘प्रतिनिधि सभा नियमावली २०७५ को नियम (६) को उपनियम (३) बमोजिम प्रतिनिधि सभाको अर्को बैठक यही पुस २८ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको छ’, सूचनामा भनिएको छ ।

 

प्रतिक्रिया