संस्कृतिको विकासमा लाग्नेलाई मेरो साथ रहन्छ, हाम्रा पूर्वजहरूसँग कसैको तुलना हुँदैन : केपी ओली

admin

काठमाडौं, २१ पुस : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको सभ्यता, इतिहास र संस्कृति जोगाउन आवश्यक रहेको बताएका छन् ।

अध्यक्ष ओलीले सभ्यताको सृष्टि भूमि भएको तर्क गर्दै यसलाई जोगाएर अघि बढ्दामात्रै इतिहासमाथि न्याय हुने बताउँदै ‘संस्कृति बचाऊ’ अभियन्ताहरूसँग (आज) बुधबार आफ्नै निवास बालकोटमा भएको भेटमा देशका पूर्वजहरूसँग अरू कसैको तुलना हुन नसक्ने बताए ।

ओलीले सभ्यताको ज्योति यहाँ बलेको र अरूले झिल्को लगेर नयाँ सभ्यताको विकास गरेको प्रवचनसमेत दिए । अध्यक्ष ओलीले सभ्यता र संस्कृतिको विकासमा लाग्नेहरूलाई आफ्नो सदा साथ रहने प्रतिबद्धतासमेत व्यक्त गरे ।

अध्यक्ष ओलीले गुरुत्वाकर्षणको सिद्धान्त न्युटनले भन्दा हजारौँ वर्ष अगाडि हाम्रा पूर्वज भास्कर आचार्यले पत्ता लगाए पनि त्यसको चर्चा गर्न नसकिएको दाबी गरे । उनले अष्टवक्रजस्ता दार्शनिकहरूको चर्चा हुन नसकेको पनि भने । अध्यक्ष ओलीले हाम्रो संस्कृतिले हामीलाई विषरहित भान्साको उपहार दिएको पनि बताए ।

प्रतिक्रिया