रोशनी शाही फेरि पूर्वसभामुख महरामाथी खनिन थालेपछि सुरुभयो माओवादीमा खैलाबैला !

admin

काठमाडौं, २२ पुस : पछिल्लो समय रोशनी शाहीले पार्टीका नेताहरुमाथी टिका-टिप्पणी गर्न थालेकी छिन् । नेकपा माओवादी केन्द्रका प्रवक्ता तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई जेलको हावा खुवाएकी रोशनी शाहीले पछिल्लो समय आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत् विभिन्न पार्टीका अध्यक्षमाथि नै गम्भीर आरोप लगाउन थालेकी छिन् ।

यस्तै, उनले महराविरुद्ध पनि फेरि विभिन्न पोष्ट गर्न थालेकी छिन् । महरामाथि ‘जबर्जस्ती करणी’को गम्भीर आरोप लगाएर चर्चामा आएकी शाही बेलाबखत विवादमा आईरहन्छिन् । उनका यी गतिविधीले फेरि महरालाई विवादमा तान्न थालेकी हुन् की भन्ने आंकलन गर्न सकिन्छ ।

शाहीले महराले जेलबाट छुटाउन गरेको बाचा कसमको रेकर्ड आफूसँग सुरक्षित रहेको बताउँदै सामाजिक सञ्जालमा रोशनीले दुनियाँले आफूलाई महरासँग करोड खाएको भनिरहँदा त्यसबारे महराले पुष्टि गर्नुपर्ने लेखेकी छिन् । महराविरुद्ध यौन दुव्र्यवहारको अभियोग दर्ता गरेकी रोशनीले पछि आफै छुटाउन सक्रिय भएकी थिइन् ।

रोशनी शाहीको बयानका आधारमा महरा छुट्ने अवस्था बनेको थियो । सामाजिक सञ्जालमा रोशनीले लेखेकी छिन्, ‘महराले जेल बाट छुटाउन गरेको बाचा कसम राहुलले गरेका मसँग छुटाईदिनुपर्यो भनेर गरेका कुराहरुको रेकर्ड मेसेज सुरक्षित छ दुनियाँले मलाई महरासँग करोड खाको कुरा महराले दुनियाँसँग भन्नुपर्छ मैले कति खाए भनेर पुष्टि गर्नुपर्यो (बास्टर)’

जबर्जस्ती करणी मुद्दामा महराले जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनबाट सफाई पाइसकेका छन् । यसअघि सो घटनाको चौतर्फी दबाबपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए । तर फेरी रोशनीले महरालाई इंगित गर्दै फेसबुकमा स्टाटसहरु पोस्ट गरेपछि उनीमाथि फेरि चुनौती थपिएको छ । उक्त मुद्दा भुलाएर नयाँ ढंगबाट राजनीति थाल्न लागेका महरालाई रोशनीले फेरि विभिन्न आरोप लगाएर चुनौती थपिदिएकी छिन् ।

त्यस्तै, शाहीले प्रायः सामाजिक सञ्जालमा विवादित विषयहरु उठाउँछिन् । यसै कारण पनि उनको चर्चा हुने गरेको छ । पछिल्लो समय भने उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध तिव्र असन्तुष्टि व्यक्त गरिरहेकी छिन् । उनले प्रचण्डलाई आफनो छोरा प्रकाशको हत्या गरेको आरोप समेत लगाएकी छिन् ।

प्रकाशको मृत्युलाई प्रचण्डले चुनाव जित्ने माद्यम बनाएको भन्दै शाहीले फेसबुकमा प्रतिक्रिया व्यक्त गरेकी छिन् । उनी त्यतिमा मात्रै अडिएकी छैनन् । पत्नि सितालाई विरामी अवस्थामै सिद्याएर आगामी चुनाव जित्न पनि उनले सुझाव दिएकी छिन् ।

उनले लेखेकी छिन्, ‘प्रकाशको चिता सेलाउन नपाउँदै कत्ति न आफूलाई रास्ट्रप्रेमी देखाउन खोजेर लगत्तै चुनावको प्रचारमा हिड्नु । प्रकाशको कात्रो ओढेर बिना मगरले चुनाव जित्नु । एउटा प्रकाश मरेर के भयो, त्यसको फाईदा घरका सबैले उठाए । प्रचण्ड ज्यू अब चुनाव नजिकिदै छ । सीताजीलाई बिरामी मौकामै सिद्याएर चुनाव जित्नुहोला अग्रिम शुभकामना स-परिवार लाई नै ।’

यसअघिको अर्को स्ट्याटसमा शाहीले केपी ओलीसँग रोइकराई गरेर देवी ज्ञवालीलाई हार्न लगाई चुनाव जितेको र ओलीकै आशिर्वादले छोरीलाई मेयर बनाएको प्रसंग उल्लेख गरेकी छिन् । ‘देबी ज्ञवालीलाई हार्न लगाएर त्यती वेला केपीसँग रोईकराई गरेर छोरिलाई मेयर बनाउनुभयो । यसै कारणले छोरा पनि मार्नुभयो । तपाईलाई थाहा थियो प्रकाशको मृत्यु हुन्छ भनेर । चुनाव जित्नकै लागि छोरा मार्ने ह त्याराहरुको जमात हो जोईपोई केन्द्र पेरिसडाँडा ।’- उनले लेखेकी छिन् ।

शाकीले माओवादी केन्द्रलाई जोईपोई केन्द्रको उपमा दिएकी छिन् । त्यस्तै उनले लेखेकी छिन्, ‘माओवादी केन्द्र होईन, जोईपोई केन्द्र नाम राख्नु प्रचण्ड ज्यू । तपाईका शाखा सन्तान सबैलाई केन्द्रमा भर्ती गर्नु सीताजीलाई किन छोड्नुभयो ? कि राख्न बिर्सनुभयो ? यस्तै तपाईको बानीले केपीले दश बल्ड्याङ ख्वाईदिएपछि आखिर आफ्नै धरातलमा आउनुपर्यो । अब सबै चितवन आफ्नै घर बस्नुस्, तपाईं शहरिया भएर पार्टी चल्दैन गाउँले जीवन बिताउनुस् ।’

उनले अर्को स्ट्याटसमा ‘प्रचण्ड र हामी प्रजा होईनौ’ भन्दै लेखेकी छिन् । उनले लेखेकी छिन्, ‘प्रचण्ड राजा र हामी प्रजा होईनौ । नाफाको जिन्दगी पाएका कार्यकर्ता हौ त्यसैले याद राख तिमिले छोरालाई मारेर चुनाव जिते जस्तो अबका दिन हुदैनन् । न त हामी आँखा चिम्लेर तिमिले जता डो¥यायौ उता जाने पनि परेनौ । अब प्रचण्ड ज्यू शहरिया जीवन त्यागेर आफ्नै थातथलो चितवन जानुस् । राजनीति त्यहीबाट गर्नुस् ।’ रोशनी शाहीले हिजोआज माओवादीसँग सम्बन्धित समाचारहरु सामाजिक सञ्जालमा सेयर गर्दै विभिन्न टिप्पणीहरु गर्दै आएकी छिन् ।

प्रतिक्रिया