बिदा बसेको बहानामा कम्पनीले निकालिदिएपछि स्याङ्जाका होमबहादुर थापा मलेसियामा अलपत्र

admin

काठमाडौं, २२ पुस : स्याङ्जा गल्याङका होमबहादुर थापा आफू कार्यरत कम्पनीले कामबाट निकालिदिएपछि विगत पाँच दिनदेखि मलेसियामा अलपत्र परेका छन् ।

उनी २० वर्षदेखि काम गर्दै आएको कम्पनी स्ट्याण्डर्ड वूड प्रडक्ट एचडीएच डीएलटीले पासपोर्ट र कागजात जफत गरेर कामबाट निकालेको होमबहादुरका भाइ रणबहादुर क्षेत्रीले बताएका छन् । उनका अनुसार होमबहादुर कम्पनीबाट दुई दिनको बिदा मागेर घुम्न गएका थिए ।

तर, कारणबस तीन दिन बिदा बसेकाले कम्पनीले निकालेको हो । कम्पनीले कामबाट निकालेपछि अहिले ४५ वर्षीय होमबहादुर मलेसियाको सेलेङ्गार क्षेत्रमा अलपत्र परेका छन् । उनले यति लामो समयसम्म त्यो कम्पनीमा काम गरेको ‘इन्सेन्टिभ’ पनि पाएका छैनन् ।

कोरोनाका कारण मलेसियामा स्वास्थ्यका मापदण्डमा कडाइ गरिएको छ । साथीहरुको कोठामा पनि जान सकेका छैनन् । बाहिरको मान्छेलाई आफ्नो कोठामा ल्याउन मिल्दैन । आफूसँग कागजात र पैसा नहुँदा दूतावाससम्म पनि जान सकेका छैनन् । आफ्नो उद्धार गरि दिन होमबहादुरले आग्रह गरेका छन् ।

प्रतिक्रिया