मलाई मागी विवाहबाट बचाउनुस्, भन्दै बेलायतका युवकले राखे होर्डिङबोर्ड

admin

काठमाडौं, २२ पुस : बेलायतमा एक अविवाहित व्यक्तिले सबै चिजले भरिपूर्ण श्रीमती खोज्नका लागि अत्यन्त अचम्मको तरिका अपनाएका छन् । मोहम्मद मलिक २९ वर्ष भएपछि आफ्नो विवाहको विषयमा यति चिन्तित हुन थाले कि उनले जीवन-साथीको खोजीमा बिलबोर्डमा आफ्नो फोटो राखेर सडकको किनारामा राखिदिए ।

बीबीसीका अनुसार २० फीट अग्लो यो होर्डिङमा लेखिएको छ, ‘मलाई मागी विवाहबाट बचाउनुहोस् ।’ यति मात्रै होइन मोहम्मदले एक वेबसाइट पनि बनाएका छन्, फाइन्डमेलकावाइफ डट कम । यसमा उनी बारेमा सबै जानकारी राखिएको छ । यहाँ युवतीहरु उनीसँग कुराकारनी गर्न सक्छन् ।

पेशाले इनोभेसन कन्सलटेन्ट र उद्यमी मोहम्मद मलिकले बर्मिङघममा करीब ३-४ होर्डिङ लगाएका छन् । यो होर्डिङ यतिबेला शहर र सोशल मिडियामा चर्चाको विषय बनेको छ । मोहम्मद लन्डनवासी हुन् । तर उनी बर्मिङहमलाई दोस्रो घर मान्छन् । यही कारण हो उनले प्रेमको खोजीमा यहाँको सडकमा पोस्टर राखेका छन् ।

यस विज्ञापनमा उनले आफूलाई एकल भएको बताउँदै डेट गर्न इच्छुक मानिसलाई सम्पर्क गर्नका लागि भनेका छन् । हालसम्म उनीसँग करीब १०० भन्दा बढी आवेदन आइसकेको छ । यस्तै विवाह गर्न आतुर भएका ५ फीट ८ इन्च अग्ला मोहम्मदलाई २० देखि ३० वर्ष बीचको मुस्लिम केटी चाहिएको उनले बताए ।

उनी मागी विवाहको विरोधमा नभएको तर उनको रोजाइ अनुसारको केटी पाएमा कुरा पक्का हुने उनले बताएका छन् । मोहम्मद व्यक्तित्व र विश्वासलाई सबैभन्दा बढी प्राथमिकता दिन्छन् । जसले अभिभावकको पनि हेरचाह गरिदिए सुनमा सुगन्ध हुने उनी बताउँछन् ।

प्रतिक्रिया