फेरि बढ्दै कोराना संक्रमित, आज थप पाँच सय भन्दा बढीमा संक्रमण पुष्टि

admin

काठमाडौं, २२ पुस : केही दिन यता कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अघिल्लो दिन ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा बिहीबार १०५ जना बढी अर्थात ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि मंगलबार देशभर ३९३ जनामा कोरोना संक्रमण देखिएको थियो भने सोमबार सोमबार ३२६ र आइतबार २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सोही अवधिमा १ जनाले ज्यान गुमाउँदा २७१ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १२ हजार ९९ वटा नमुना परीक्षण भएको थियो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ३० हजार ४८० र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९६ हजार ४४५ जना पुगेको छ ।

संक्रमितमध्ये हालसम्म ८ लाख १३ हजार ४४७ जना निको भएका छन् । यस्तै हाल देशभर कोरोनाबाट ११ हजार ६०२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया