ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

admin

बनियानी, २२ पुस : झापाको कनकाई नगरपालिका–३ स्थित सुरुङ्गाचोकबाट लागुऔषध ब्राउनसुगरसहित प्रहरीले आज एक भारतीय नागरिकलाई प क्रा उ गरेको छ ।

प क्रा उ पर्नेमा भारत पश्चिमबङ्गाल दार्जिलिङका ३५ वर्षीय अनिल गोपे रहेको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्र ह री निरीक्षक मानबहादुर जिम्बाले जानकारी दिनुभयो ।

भारतीय नम्बर प्लेटको डब्लुबी६४यु ८६०९ नम्बरको भारतीय मोटरसाइकलमा सवार गोपेलाई शङ्का लागेर जाँच गर्दा १२ ग्राम ब्राउनसुगर बरामद भएको हो ।

प क्रा उ परेका गोपेमाथि थप अनुसन्धान भइरहेको छ भने म्याद थपका लागि जिल्ला अदातल झापा पठाइएको इलाका प्र ह री कार्यालय सुरुङ्गाले जनाएको छ ।

प्रतिक्रिया