बंगलादेश जाने म्याराथन टोलीलाई बिदाई

admin

काठमाडौं, २२ पुस : बंगलादेशमा आयोजना हुने बंगबंधु शेख मुजीव बन्धु म्याराथन प्रतियोगितामा सहभागीता जनाउने नेपालका तीन खेलाडीलाई बिदाई गरिएको छ ।

बिहीबार सिंहदरबारमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले खेलाडी तथा प्रशिक्षकलाई बिदाइ गर्नुभएको हो । ४२ किलोमिटर दुरीको फुल म्याराथनमा नेपालका किरण बोगटी, नरेन्द्र सिंह रावत र पुष्पा भण्डारीले प्रतिस्पर्धा गर्ने छन् ।

बिदाई कार्यक्रममा खेलाडीहरुलाई बिदाई गर्दै मन्त्री गहतराजले जितका साथ नेपालको गौरब बढाउन आग्रह गर्नुभयो ।

पछिल्लो समय खेलाडीहरुको सम्मानकालागि सरकार गम्भीर भएको बताउँदै मन्त्री गहतराजले पुरस्कार तथा सम्मान कार्यविधि बनाउने जानकारी दिनुभयो ।

उहाले मन्त्रालयको ध्यान खेलकुदको पूर्वाधार निर्माण रहेको पनि बताउनुभयो ।जनवरी १० मा बंगलादेशमा हुने म्याराथनमा १५ राष्ट्रको सहभागीता हुने नेपाली टिमका प्रशिक्षक चन्द्र गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया