काठमाडौं, २२ पुस : जिल्ला अदालत मोरङले साढे ३३ किलो सुन तस्करी र सनम शाक्य ह त्या प्रकरणका आरोपी रमेश उप्रेतीलाई धरौटीमा छाड्ने आदेश दिएको छ ।
थुनछेक बहसपछि न्यायाधीश भरत लम्सालको इजलासले उप्रेतीलाई २ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।
रमेश उप्रेती साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी चुणमणि उप्रेती गोरेका भाइ हुन् । गत मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प क्रा उ परेका उप्रेती अदालतको आदेशपछि बिहीबार (आज) धरौटी बुझाएर छुटेका छन् ।
सुन तस्करी प्रकरणका अभियुक्तहरुले सफाइ पाउने र धरौटीमा छुट्ने भएपछि गत मंगलबार मात्रै उप्रेती युएईबाट नेपाल आएका थिए । त्यसपछि प्रहरीले उनलाई त्रिभुवन विमानस्थलबाट प क्रा उ गरेर बुधबार जिल्ला अदालत मोरङमा हाजिर गराएको थियो ।