आज सात सय घट्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, २३ पुस : (आज) शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । सुन शुक्रबार तोलामा सात सय रुपैयाँ सस्तो भएको छ भने चाँदी १० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ९१ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । (हिजो) बिहीबार तोलामा ९२ हजार ३ सय रुपैयाँ थियो ।

यस्तै, बिहीबार तोलाको १२ सय ३५ रुपैयाँ रहेको चाँदी शुक्रबार १० रुपैयाँले घटेर १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार १०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय मूल्य अनुसार हरेक दिन सुनचाँदीको मूल्य निर्धारण गर्ने गरेको छ ।

प्रतिक्रिया