अब यूएईमा सार्वजनिक बिदा हप्ताको दुई दिन

admin

एजेन्सी, २३ पुस : यूएईले हप्ताको दुई दिन सार्वजनिक बिदा दिन थालेको छ । २०२२ को सुरुवात सँगै यूएई सरकारले शुक्रबार आधा दिन, शनिबार र आइतबार भने पूरा दिन बिदाको घोषणा गरेको गल्फ न्युजले खबर लेखेको छ ।

अब यूएईमा हप्तामा चार दिन पूरा र एक दिन आधा कार्य समय हुनेछ । सन् २०२२ को सुरुवातसँगै यूएईका सरकारी कार्यालय र स्कुलहरूमा यो नियम लागू भइसकेको छ । तर यूएईको सारजहाँ राज्यले भने शुक्रबार पनि पूरा दिन नै बिदा दिने निर्णय गरेको छ ।

सारजहाँमा यो नियम सरकारी कर्मचारी र विद्यार्थीहरूका लागि लागू हुने छ । अन्य राज्यमा भने शुक्रबार बिहान ७ बजेर ३० मिनेटमा कार्य समय सुरु हुने छ भने दिउँसो १२ बजे सकिने छ । यूएईका कतिपय निजी कम्पनीले भने शुक्रबार आधा दिनको बिदा नदिई शनिबार र आइतबार पूरा बिदा दिने गर्न थालेका छन् ।

कम्पनीहरूले मध्यदिनमा विश्रामको समय दिने र त्यो समयमा कामदारले प्रार्थना सहभागी हुन सक्ने बताएका छन् । यूएई सरकारले यसबाट श्रमिकलाई राम्रो कार्य जीवन दिने र उत्पादकत्व बढाउने विश्वास लिएको छ ।

प्रतिक्रिया