एमाले थप शक्तिशाली भएर अगाडि बढ्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

admin

भक्तपुर, २३ पुस : नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले थप शक्तिशाली र ऊर्जावान पार्टी भएर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।

एमाले जिल्ला कमिटी भक्तपुरको आठौँ जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “एमाले अबको तीन तहको चुनावपछि मुलुकको सबैभन्दा ठूलो, शक्तिशाली पार्टी बनेर उदाउने छ, एमालेको विकास र समृद्धिको अभियानलाई फेरी अगाडि बढाउने छ ।”

उपाध्यक्ष पोखरेलले एमालेले स्वाभिमान र स्वतन्त्रताका साथमा सामाजिक सद्भाव कायम गर्दै समाजलाई रुपान्तरण गर्ने लक्ष्यका साथ अगाडि बढेको दावी गर्नुभयो ।

एमालेका पोलिटव्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले केपी ओलीले सरकारको नेतृत्व गरेको बेलामा भक्तपुरको विकासले गति लिएको दावी गर्नुभयो ।

एमाले केन्द्रीय सदस्य एवम् भक्तपुर इन्चार्ज सोमप्रसाद मिश्रले एमालेलाई भक्तपुरमा पहिलो शक्ति बनाउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । रासस

प्रतिक्रिया