बैंककै कर्मचारीको मिलेमतोमा १६ लाख चोरी, चार पक्राउ

admin

काठमाडौं, २३ पुस : कर्मचारीकै मिलेमतोमा एनआइसी एसिया बैंकको लाखौँ रुपैयाँ चो री भएको पाइएको छ ।

महानगरीय प्र ह री परिसरका अनुसार उक्त बैंकको नगद सङ्कलक काठमाडौँको काँडाघारी बस्ने प्रदीप खत्रीसहितका चार व्यक्तिलाई प क्रा उ गरेपछि उक्त रहस्य खुलेको हो ।

उनले काठमाडौँ महानगरपाकिला–१० को कार्यालयबाट रु १२ लाख ४५ हजार र मेट लाइफ इन्योरेन्स शान्तिनगरबाट तीन लाख पचासी हजार गरी रु १६ लाख ३० हजार बैंक दाखिला गर्न जाने क्रममा लु ट पा ट भएको भनी प्र ह रीमा सूचना प्राप्त भएको थियो । सो घ ट ना पुस १८ गतेको हो ।

सोही आधारमा प्र ह री वृत्त बानेश्वर र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीबाट अनुसन्धान गर्दा खत्रीमाथि शङ्का लागेपछि प क्रा उ परेका थिए । उनीमाथिको अनुसन्धानमा मिलेमतोमा उक्त नगद चो री गरी भागबण्डा गरेको फेला परेको प्र ह री उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

प्र ह रीले चोरीमा सङ्लग्न खत्रीसहित ललितपुर धापाखेल बस्ने वर्ष २४ को विमल तामाङ, रामेछाप घर भइ ललितपुर बस्ने राज पौडेल र अनिश खड्कालाई प क्रा उ गरेको आज एक सूचना जारी गरी जनाएको छ ।

उनीहरूले सबै पैसा भागबण्डा लगाएर बाँडेको फेला परेको जानकराी दिँदै प्र ह रीले अहिलेसम्म १३ लाख ४६ हजार फेला परेको र दुई लाख ८२ हजार भने खर्च गरेको खुलेको छ ।

प्रतिक्रिया