९४४ कोरोना संक्रमित थपिए

admin

काठमाडौं, २४ पुस : पछिल्लो चौबिस घण्टामा मुलुकभर ९ सय ४४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यही अवधिमा थप २ सय ९७ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७६२ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा ६९६ र ३ हजार ५०२ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा २४८ जनाको जनाको पोजेटिभ संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा ३६२ भक्तपुरमा २५ र ललितपुरमा ९४ जना गरी उपत्यकामा ४८१ जना थपिएका छन् ।अहिले देशभर सक्रिय संक्रमितको संख्या ६ हजार १४० रहेको छन् ।

आइसीयूमा ८१ जना भेन्टीलेटरमा १४ जना संक्रमति उपचाररत छन् । आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया