६ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा: को कहाँ ?

admin

काठमाडौं, २४ पुस : गृहमन्त्रालयले आधा दर्जन प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ ।

मन्त्रालयले सहसचिव हुमकला पाण्डेलाई काभ्रे जिल्लाको जिम्मेवारी दिएको छ । यस्तै, जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु बास्तोला गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

गृह प्रवेश गरेका सुरेन्द्र पौडेललाई धनुषाका पठाउँदा काभ्रेका शिवराम पोखरेल मन्त्रालय तानिएका छन् । त्यसैगरी सल्यानका प्रजिअ लक्ष्मीदेवी होमागाई मन्त्रालय सरुवा गरिएको छ । उनको ठाउँमा विपिन आचार्यलाई पठाइएको छ ।

यस्तै कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य मन्त्रालयमा तानिएको छ । भने, उपसचिव रामहरि शर्मा कालिकोटको प्रजिअ बनेका छन् ।

सहसचिव सुमन घिमिरेलाई नवलपरासी (पूर्व) जिम्मेवारी दिइएको छ । बुधवार मात्रै मन्त्रालयले १४ जिल्लाका प्रजिअ र सहायक प्रजिअ हेरफेर गरेको थियो ।

प्रतिक्रिया