नाइजेरियामा १ सय ४० जनाभन्दा धेरैको ह’त्या

admin

एजेन्सी, २५ पुस : बन्दुक धारीहरुले नाइजेरियामा एक सय ४० जनाभन्दा धेरैको ह त्या गरेको स्थानीय बासिन्दाले दाबी गरेका छन् ।

बन्दुक धारी लुटेराको समूहले पछिल्लो एक हप्तामा देशको उत्तरपश्चिमी क्षेत्रमा उनीहरुको ह त्या गरेको स्थानीय बासिन्दालाई उदृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।

घटनाका बारेमा सरकारी अधिकारी र स्वतन्त्र व्यक्तिले पुष्टि गर्न बाँकी छ । सयौँ लडाकु मोटरसाइकलमा आएर १० वटा गाउँमा आक्रमण गरेको खबरमा उल्लेख छ ।

नाइजेरियामा लामो समयदेखि लडाकु समूहले हिं सात्मक गतिविधि गर्दै आएका छन् । सरकारी पक्षले ती समूहलाई आतङ्कवादी घोषणा गरी सुरक्षा कारबाही गर्दै आएको छ ।

प्रतिक्रिया