कोरोना संक्रमण नियन्त्रणबारे छलफल गर्न आज उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै

admin

काठमाडौं, २५ पुस : कोरोना संक्रमण दर बढ्दै गएपछि काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दैछ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक (आज) आइतबार बस्न लागेको हो ।

कोरोना भाइरसको संक्रमणदर बढ्दै गएकाले यसको जोखिम न्यूनीकरणबारे छलफल गर्न बैठक बस्न लागेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

पछिल्ला केहीदिनदेखि कोरोना भाइरसको संक्रमण दर बढ्दै गएको छ । काठमाडौं उपत्यका संक्रमणबाट उच्च जोखिममा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया