पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा

admin

स्याङ्जा, २५ पुस : स्याङ्जाको वालिङ नगरपालिकाले पुस २७ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

नगरपालिकाले (आज) आइतबार एक सूचना निकालेर पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । पृथ्वीनारायण शाहप्रति सम्मान गर्दै सार्वजनिक बिदा दिने निर्णय गरिएको सूचनामा भनिएको छ ।

प्रतिक्रिया