आज शेयर बजार ७३ अङ्कले बढ्यो

admin

काठमाडौं, २५ पुस : (आज) आइतबार शेयर बजार ७३ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से ७३ दशमलव शून्य पाँच अङ्कले बढेर दुई हजार सात सय ६५ दशमलव ५२ विन्दुमा पुगेको हो ।

सबै समूहको शेयर बढेकोमा जलविद्युत् समूहको शेयर एक सय ४८ अङ्कले, विकास बैंकको दुई सय ५७ अङ्कले, माइक्रोफाइनान्स समूहको साढे ७० अङ्क र उत्पादन समूहको शेयर एक सय ३८ अङ्कले बढेको छ ।

यस्तै जीवन बीमा समूहको शेयर दुई सय ९५ र निर्जीवन बीमा समूहको शेयर तीन सय ७९ अङ्कले बढेको छ । आइतबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । एक करोड ५० लाख ५८ हजार कित्ता शेयर सात अर्ब १० करोड १८ लाख रुपैयाँमा कारोबार भएको छ ।

आइतबार सबैभन्दा धेरै अपी पावर कम्पनीको २९ करोड रुपैयाँको शेयर किनबेच भएको छ । नेपाल हाइड्रो डेभलपर्स, हिमालयन ऊर्जा विकास कम्पनी, युनियन हाइड्रो र मध्य भोटेकोसी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया