Home

शिक्षा मन्त्रालयद्वारा माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय

admin

काठमाडौं, २६ पुस : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आउँदो माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने कोभिड-१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को निर्णय कार्यान्वयन गर्ने भएको छ ।

मन्त्रालयमा बसेको बैठकले सीसीएमसीसीले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको हो । बिदाको मोडालिटीबारेमा भने केही बेरमा सूचना निकाल्ने शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले जानकारी दिए ।

प्रतिक्रिया