म्यानमारकी आङ सान सुकीलाई थप ४ वर्षको जेल सजाय

admin

एजेन्सी, २६ पुस : म्यानमारको अदालतले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई थप चार वर्षको जेल सजाय सुनाएको छ । तीन वटा अपराधसम्बन्धी आरोपमा दोषी ठहर गर्दै अदालतले चार वर्षको जेल सजाय सुनाएको समाचार संस्था एएफपीले जनाएको छ ।

नोबेल पुरस्कार विजेता नेतृ सुकी गएको फेब्रुअरीदेखि हिरासतमा छिन् । म्यानमारमा सेनाले ‘कु’ गरी सुकीलाई नियन्त्रणमा लिएको थियो । अहिले म्यनमारको सैनिक शासनयता एक हजार चार सयभन्दा बढी नागरिक मारिएका छन्, थुप्रै पक्राउ परेका छन् र शृङ्खलाबद्ध विद्रोहहरू भइरहेका छन् ।

सेनाले सञ्चालन गर्दै आएको अदालतले सुकीलाई अवैध रूपमा वाकी–टकी आयात र प्रयोग तथा कोरोना भाइरस महामारीपछि लागू भएका स्वास्थ्यका मापदण्ड उल्लङ्घन गरेको आरोपमा दोषी ठहर गरिएको हो । तर सुकीले आफूमाथि लागेका आरोपलाई अस्वीकार गर्दै आएकी छिन् ।

प्रतिक्रिया