बताससँगको सम्बन्धबारे ओली भन्छन्, ‘छोरी देशभरि छन्, ज्वाइँ त हुने नै भए (भिडियोसहित)

admin

काठमाडौं, २७ पुस : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बतास समूहप्रति आफ्नो धारणा राखेका छन् ।

केही दिनअघि सञ्चारमाध्यममा आएको बतास समूहका जिम्मेवार व्यक्तिसँग गरिएको कुराकानीमा ‘ओलीले मलाई ज्वाइँ भन्नुहुन्छ’ भन्ने अभिव्यक्तिमा ओलीले खरो टिप्पणी गरेका छन् ।

झापाको भद्रपुरमा निजामती कर्मचारी संगठनको नवनिर्मित भवनको (अस्ति) आइतबार उद्घाटन गर्दै उनले व्यांग्यात्मक तरिकाले आफ्ना देशभर ज्वाइँ रहेको बताए । ओलीले भने, मेरा त देशभरि छोरी छन् ज्वाइँ त हुने नै भए ।’

अहिलेको सरकारले नारायणहिटी दरवार खर्लप्पै खाएको समेत ओलीले आरोप लगाएका छन् । रामायणकी एक पात्र सुरसाको मुखसँग सरकारलाई तुलना गर्दै त्यत्रै मुख बाएर सरकारले नारायणहिटी दरवार खान खोजेको आरोप उनको थियो ।

ओलीले भने, ‘जनताले आपत्ति जनाएपछि भएभरका गएर भत्काउन थाले।’ यस्तै बतास समूहले नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट सञ्चालनका लागि केपी ओली नेतृत्वको सरकारकै पालामा अनुमति पाएको थियो ।

०७७ पुस १७ मा बतास समूहको बिपिएस लिजिङ कम्पनी र संग्रहालय विकास समितिबीच भाडासम्बन्धी सम्झौता भएको थियो । बतास समूहले नारायणहिटी परिसरको सात रोपनी क्षेत्रफलमा रहेको भवन र बाहिरको जग्गा महिनाको दुई लाख २१ हजार रुपैयाँ तिर्ने गरी भाडामा लिएको थियो ।

बतास समूहले नारायणहिटी दरबारको मूल गेटतर्फ चिया तथा कफी सप चलाउने गरी अनुमति लिएको थियो । संग्रहालयभित्र रोयल बगैँचा रेस्टुरेन्ट सञ्चालनका लागि अनुमति पाएसँगै बतास समूहले धमाधम संरचना निर्माण सुरु गरेको थियो ।

प्रतिक्रिया