आज थप १ हजार ४ सय ४६ जनामा संक्रमण पुष्टि

admin

काठमाडौं, २६ पुस : (आज) सोमबार एक हजार चार सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी ११ हजार चार सय २९ जनाको नमुना परीक्षण गर्दा १२ दशमलव ६५ प्रतिशत अर्थात् एक हजार चार सय ४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा दुई सय ५५ जना संक्रमणमुक्त भएका छन् ।

यही अवधिमा दुई जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् । अहिले नेपालमा सात हजार आठ सय ५५ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यसैबीच बितेको २४ घण्टामा दुई लाख १० हजार पाँच सय ९४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया