प्रधानमन्त्रीको पिसिआर रिपोर्ट नेगेटिभ

admin

काठमाडौं, २६ पुस : प्रधानमन्त्री शेरबहादुर देउवाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।

सोमबार गरिएको परीक्षणमा देउवाको रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवाले परीक्षण गराएका थिए।

पाँच दलीय समन्वय समितिको बैठकमा सहभागी प्रचण्डलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

 

प्रतिक्रिया