ठूला सभा तथा सम्मेलनहरु हाललाई स्थगित गर्न नेकपा एसको निर्देशन

admin

काठमाडौं, २६ पुस : नेकपा (एकीकृत समाजवादी) ले कोरोना संक्रणमलाई ध्यानमा राख्दै ठूला सभा तथा सम्मेलनहरु स्थगित गर्त गर्न पार्टी पंक्तिलाई दिर्नेशन दिएको छ । सोमबार साँझ पार्टी अध्यक्ष माधव नेपालले विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएका हुन् ।

‘संक्रमण दर बढ्न नदिन सरकारले जारी गरेका निर्देशनहरु कडाइका साथ पालना गर्न/ गराउन सबै पार्टी पङ्क्तिलाई निर्देशित गरिन्छ,’ उनको निर्देशनमा भनिएको छ, ‘साथै, धेरै व्यक्तिहरुको उपस्थिति हुने सभा तथा सम्मेलनहरु हाललाई स्थिगित गर्न र आन्तरिक भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमहरुको आयोजना गर्दा सकेसम्म वैकल्पिक माध्यम अपनाउन समेत निर्देशन गरिन्छ।’

त्यस्तै सरकारले जारी गरेका सबै निर्देशनहरु पूर्णरुपमा पालना गर्न समेत आग्रह गरिएको छ ।

प्रतिक्रिया