आज तीन सय बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, २७ पुस : सुनको मूल्य (आज) मंगलबार तोलामा तीन सय रुपैयाँले बढेको छ ।

(हिजो) सोमबार तोलाको ९१ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार तीन सय रुपैयाँले बढेर ९१ हजार ६ सय रुपैयाँमा पुगेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य समेत तोलामा ३०० रुपैयाँले नै वृद्धि हुँदै मंगलबार ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी चाँदीको मूल्य दश रुपैयाँले बढेको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया