पृथ्वीनारायण शाहको देवत्वकरण र दानवीकरण दुबै नगरौं : डा. बाबुराम भट्टराई

admin

काठमाडौं, २७ पुस : जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले पृथ्वीनारायण शाहको देवत्वकरण र दानवीकरण दुबै गर्न नहुने टिप्पणी गरेका छन् ।

पृथ्वीनारायण शाहको ३००औं जन्मजयन्तीको अवसरमा भट्टराईले सामाजिक सञ्जाल ट्वीटमार्फत यस्तो टिप्पणी गरेका हुन् । शाह इतिहासको आवश्यकता र आकस्मिकताका उपज भएको भट्टराईको भनाई छ ।

उनले समाजवादी रूपान्तरणको नयाँ युगमा बहुजातीय केन्द्रीकृत राज्यलाई संघीय पुनर्संरचना गर्नैपर्छ भन्ने बुझ्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया