आज नेप्से झण्डै ५० अङ्कले बढ्यो

admin

काठमाडौं, २७ पुस : शेयर बजार परिसूचक नेप्से (आज) मंगलबार पनि बढेको छ । (हिजो) सोमबार १९ अङ्कले बढेको नेप्से मंगलबार ४९ दशमलव १९ अङ्कले बढेर दुई हजार आठ सय ३४ दशमलव १३ विन्दुमा पुगेको छ ।

मंगलबार उत्पादनबाहेक सबै समूहको शेयर बढेको छ ।  मंगलबार सबैभन्दा धेरै फाइनान्स समूहको शेयर ६ दशमलव १५ प्रतिशतले बढेको छ । यस्तै दुई सय ३२ वटा कम्पनीको एक करोड १९ लाख कित्ता शेयर ६ अर्ब ७२ करोड रुपैयाँमा कारोबार भएको छ ।

मंगलबार सबैभन्दा धेरै अपी पावर कम्पनीको १६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो । त्यस्तै  नारायणी विकास बैंक, नेपाल फाइनान्स, पोखरा फाइनान्स, कर्पोरेट विकास बैंक र मध्य भोटेकोसी जलविद्युत् कम्पनीको शेयर सकारात्मक सर्किट लागेको छ । समग्र बजार बढे पनि माउन्टेन इनर्जीको शेयर भने तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रतिक्रिया