आज एकैदिन थप २ हजार ४ सय ४४ जनामा संक्रमण पुष्टि

admin

काठमाडौं, २७ पुस : (आज) मंगलबार दुई हजार चार सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरेर १५ हजार ३३ जनाको नमुना परीक्षण गर्दा १६ दशमलव २५ प्रतिशत अर्थात् दुई हजार चार सय ४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा तीन सय १३ जना निको भएका छन् । योसहित कोरोना संक्रमणमुक्त हुनेको संख्या आठ लाख १४ हजार सात सय ९८ पुगेको छ । यही अवधिमा एक जनासहित कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय सात पुगेको छ ।

यस्तै अहिले नेपालमा नौ हजार पाँच सय २२ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । यसैबीच बितेको २४ घण्टामा एक लाख ८० हजार चार सय ५७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया