आज रातिदेखि काठमाडौं उपत्यकामा राजनीतिक भेला र मेला-महोत्सव गर्न रोक, यस्तो छ आदेश !

admin

काठमाडौं, २७ पुस : कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा राजनीतिक भेला र महोत्सव गर्न रोक लगाइएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको (आज) मंगलबार बसेको बैठकले कोरोना संक्रमणको जोखिम घटाउन मंगलबार राति १२ बजेदेखि लागू हुने गरी राजनीतिक भेला र मेला, महोत्सव गर्न रोक लगाएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको आदेशमा उल्लेख छ ।

सभा, सम्मेलन गर्नैपरे प्रशासनको अनुमति लिनुपर्ने आदेशमा उल्लेख छ । यस्तै आउँदो माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को निर्णय कार्यान्यन गर्ने पनि बैठकले निर्णय गरेको छ । भौतिक उपस्थितिमा पठनपाठन रोक्ने आदेशमा उल्लेख छ ।

पूर्वनिर्धारित परीक्षा भने स्वास्थ्य मापदण्ड पालना हुने गरी सञ्चालन गर्न पाइने छ । माघ ७ गतेदेखि कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रामा, पार्कमा प्रवेश गर्दा खोप कार्डको अनिवार्य व्यवस्था गर्नुपर्ने आदेशमा उल्लेख छ । अर्को सूचना नभएसम्मका लागि यो आदेश लागू हुने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया