माधव नेपाललाई कोरोना संक्रमण पुष्टि

admin

काठमाडौं, २७ पुस : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कोरोना भाइरसको मिल्दोजुल्दो लक्षण देखिएपछि अध्यक्ष नेपालको (हिजो) सोमबार कोरोना परीक्षण गरिएको थियो । परीक्षणमा पूर्वप्रधानमन्त्रीसमेत रहेका उनलाई (आज) मंगलबार कोरोना पुष्टि भएको हो ।

अहिले उनी घरमै आइसोलेशनमा बसिरहेका छन् । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठलगायतलाई कोरोना पुष्टि भएको थियो । उनीहरू पनि होम आइसोलेशनमा छन् ।

प्रतिक्रिया