कुनै पनि पार्टीसँग एकता हुँदैन : महासचिव वैद्य

admin

काठमाडौं, २७ पुस : नेकपा (क्रान्तिकारी माओवादीका) महासचिव मोहन वैद्यले तत्काल कुनै पनि पार्टीसँग एकता नहुने बताउनुभएको छ ।

राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा महासचिव वैद्यले नेकपा (माओवादी केन्द्र) र अन्य कम्युनिष्ट पार्टीसँग आफ्नो पार्टी एकताको पक्षमा नरहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “हामीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेत्रविक्रम चन्द ‘विप्लव’सँग पार्टी एकताको कुरा गरेका छैनौँ, उहाँहरु दुवै जनासँग पार्टी एकता हुन सक्दैन ।”

मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालसँग पनि आफ्नो पार्टीको एकता हुन नसक्ने वैद्यको भनाइ थियो ।

सिमाना र राष्ट्रियताको समस्या जटिल बन्दै गएको अवस्थामा सरकार चुप लागेर बसेको उहाँको आरोप थियो ।

प्रतिक्रिया