पृथ्वीनारायण शाहको सालिकमा ‘ग्रेटर नेपाल’को नक्सा

admin

काठमाडौं, २८ पुस : ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले ‘ग्रेटर नेपाल’को नक्सा राखेर पृथ्वी जयन्ती मनाएको छ ।

३००औं पृथ्वी जयन्तीका अवसरमा सिंहदरबारको पश्चिमी ढोका अगाडिको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको पूर्ण कदको सालिकमा (हिजो) मंगलबार नक्सा राखेर मनाएको हो । यस्तै मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले सालिकमा ग्रेटर नेपालको नक्सा राखी पुष्पगुच्छा अर्पण गरेका थिए ।

मोर्चाका अध्यक्ष नेपालले पृथ्वीनारायण शाहले नेपालको पुनर् एकीकरण गरेर मेची पारीसम्म नेपालको सिमाना कायम गरेका हुँदा सम्मान स्वरूप उनको सालिकमा ग्रेटर नेपालको नक्सा राखिएको बताएका छन् । सोहीक्रममा उनले मोर्चा सधैं पृथ्वीनारायण शाहको पदचिन्हमा हिँड्ने बताए ।

त्यस्तै केही व्यक्तिले पृथ्वीनारायण शाहलाई नमान्ने भन्दैमा उनको महत्त्व कम नहुने भन्दै, मोर्चाका अध्यक्ष नेपालले नेपाली भएर पृथ्वीनारायण शाहको आलोचना गर्नु भनेको आफ्नो नाक आफैले काट्नु हो समेत भनेका छन् । अध्यक्ष नेपालले सालिकमा राखिएको ग्रेटर नेपालको नक्सा राष्ट्रपति विद्यादेवी भण्डारीले उत्सुकतापूर्वक हेरेको दाबी पनि गरे ।

प्रतिक्रिया