आज चार सय बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, २८ पुस : सुनचाँदीको मूल्य (आज) बुधबार केही बढेको छ ।

सुन तोलामा चार सय रुपैयाँले बढेर बुधबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । (हिजो) मंगलबार सुन तोलाको ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य बुधबार तोलामा पाँच रुपैयाँले बढेर एक हजार दुई सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया