राष्ट्रघाती एमसीसी सम्झौता तथा बढ्दो महँगीविरुद्ध माइतीघरमा विरोध प्रदर्शन

admin

काठमाडौं, २८ पुस : ३००औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रवादी महिला संघको आयोजनामा राष्ट्रघाती एमसीसी सम्झौता तथा बढ्दो महँगी विरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन कार्यक्रम भएको छ ।

माइतीघर मण्डलामा (हिजो) मंगलबार पृथ्वीनारायण शाहको फोटोमा माल्यार्पण गर्दै बढ्दै गरेको महंङी, देशमा बेरोजगार भएर विदेशीनुको पिडा, ए’सिड खसाल्ने, जीउँदै जलाउने, श्रम र यौ’न शोषण र ब’ला’त्कार जस्ता हिं’साबाट हामी पीडित भएको महिला अभियन्ताहरुको आक्रोश थियो ।

महिला माथी बढ्दै गरेको हिं’सा रोकिनु पर्ने, शिक्षा र स्वास्थ्य नि:शुल्क हुनुपर्ने, देश भित्रै रोजगारको ग्यारेन्टी हुनुपर्ने, बढ्दै गरेको महंगी जस्ता कुराहरू छिटै नियन्त्रण गरियोस् यदि नेपाली दिदिबहिनीका भावना विपरित सत्ताधारीले काम गर्न खोज्यो भने घर-घरबाट डाडु पुनियाँले लखेटिने छ भनी डाडु पुनियाँ देखाएर महंगी घटाउनु पर्न माग गरेका छन् ।

कार्यक्रममा वक्ताहरुले विरोध मन्तव्य राख्दै एमसीसी सम्झौता स्वीकार गर्दा देशमा अस्थिरता र देशै दन्दमा फस्ने, एमसीसी सम्झौता लाई पूर्ण खारेज गर्नुपर्ने, शिक्षा र स्वास्थ्य निःशुल्क सहित देशभित्रै रोजगारको ग्यारेन्टी गर्नुपर्ने बताएका थिए ।

घर-घरबाट सुरु गरौं महिला हिंसा अन्त्य गरौंं, एमसीसी खारेज गर, बढ्दो महङगी नियन्त्रण गर, माटो सुहाउँदो शिक्षा प्रणाली लागु गर, शिक्षा स्वास्थ्य निशुल्क गर, स्वदेशमै रोजगारको ग्यारेन्टी गर, भ्रष्टाचारको अन्त्य गर, अनुदानको नाममा देश बेच्न पाइदैन जस्ता प्लेकार्ड, ब्यानर र राष्ट्रिय झण्डा सहित विरोध प्रदर्शनमा उत्रिएका थिए ।

विरोध तथा खबरदारी सभालाई सम्बोधन गर्दै राष्ट्रवादी केन्द्र नेपालकी केन्द्रिय अभियन्ता तथा प्रमुख वक्ता विन्दु केसीले जसरी पृथ्वीनारायण शाहले मकै र भटमास खाएर देश एकीकरण गरेका थिए । त्यसैगरी राष्ट्रवादी केन्द्र नेपालले शिक्षा र स्वास्थ्य निःशुल्क सहित रोजगारको ग्यारेन्टीको लागी त्योभन्दा कठिन दुख सहन तयार रहेको बताइन् ।

देशभित्र रोजगार नपाएर बिदेशीनु पिडा, ह’त्या हिं’सा ब’ला’त्कार जस्ता ज’घन्य अपराध बढ्दै गएको र आज संघीय गणतन्त्र आएको देशमा पीडितले न्याय पाउनु भनेको आकाशको चन्द्र छुनु जस्तै भएको आरोप लगाएकी छिन् ।

एमसीसी परियोजना नेपालको हित बिपरित रहेको, राष्ट्रियता र स्वाधीनतामा गम्भीर असर पर्ने भन्दै एमसीसी परियोजना खारेज नभएसम्म हामी निरन्तर संघर्षमा लागिरहने जिकिर गरिन् । माइतीघर मण्डलामा उपस्थित प्रदर्शनकारीले एमसीसी अस्विकार गर्नुपर्ने बताएका छन् ।

राष्ट्रवादी महिला संघकी केन्द्रिय अध्यक्ष रन्जु बानियाँले विरोध सभालाई समापन गर्दै देशमा महिला दिदिबहिनी जागिसकेको अब देशको नेतृत्व महिला दिदिबहिनीले नै गर्नेछन् भनि प्रतिवद्धता जाहेर गरेका थिए भने चण्डिका खतिवडाले कार्यक्रम संचालन गरेकी थिइन् ।

प्रतिक्रिया