चीनसँग जोडिएका नाका खुलाउन माग गर्दै विरोध प्रदर्शन

admin

काठमाडौं, २८ पुस : चीनसँग जोडिएका केरुङ र खासा नाका खुला गर्न माग गर्दै विरोध प्रदर्शन भएको छ ।

(आज) बुधबार माइतीघर मण्डलामा सिन्धुपाल्चोकका स्थानीयवासीले चीनसँग जोडिएका केरुङ र खासा नाका खुला गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

आन्दोलनमा सहभागी भएका अमीर तामाङले चीन आवतजावत गर्ने केरुङ र खासा नाका खुला गर्न सरकारलाई आग्रह गरे ।

आन्दोलनकर्मीहरूले नेपाल-चीन नाका खुला गर, विद्यार्थीहरूको भविष्यमाथि खेलबाड गर्न पाइँदैन, हुम्ला जिल्लामा रहेको १२ नम्बर पिल्लर सार्न पाइँदैन, नेपाली भूमि अतिक्रमण बन्द गर लगायतका नारा लगाएका थिए ।

प्रतिक्रिया