निर्वाचन आयोगले बोलायो सर्वदलिय बैठक

admin

काठमाडौं, २८ पुस : निर्वाचन आयोगले स्थानीय तहको चुनावबारे छलफल गर्न सर्वदलिय बैठकको आह्वान गरेको छ ।

आगामी माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचन र भइरहेको मतदाता नामावली संकलनका बारेमा छलफल गर्न सर्वदलिय बैठक बोलाइएको आयोगले जनाएको छ ।

बैठक पुस ३० गते शुक्रबारका लागि बोलाइएको हो । आयोगले दिएको जानकारी अनुसार संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने १६ राजनीतिक दललाई बैठकमा उपस्थित हुन भनिएको बताइएको छ ।

हाल रहेका स्थानीय तहका प्रतिनिधिहरुको कार्यकाल आगामी जेठ ५ गतेसम्म मात्रै रहेको छ । यसअघि सरकाले निर्वाचन आयोगसमक्ष वैशाख १४ गते र वैशाख २२ मा गरि दुई चरमा स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव गरेको थियो ।

प्रतिक्रिया