ज्ञानेन्द्र शर्मा र केदारनाथ शर्माले षड्यन्त्रपूर्वक चरित्रहत्या गरेः पत्रकार इन्जिना कार्की

admin

काठमाडौं, २८ पुस : पत्रकार इन्जिना कार्कीले आफूलाई ज्ञानेन्द्र शर्मा र उनका दाजु केदारनाथ शर्माले षड्यन्त्रपूर्वक चरित्रहत्या गरेको बताएकी छिन् ।

आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी शर्मा दाजुभाईले सकिइसकेको लेनदेनकोे विषयलाई लिएर आफ्नो धन्दा लुकाउन आफ्नो चरित्रहत्या गरेको बताएकी हुन् ।

कार्कीले ठूलो ब्याजको प्रलोभनमा परेर १० लाख रुपैयाँ शर्मा दाजुभाईलाई दिएको खुलाइन् । ‘२१ महिनामा १० लाखको १६ लाख दिन्छु भनेर लिनुभयो तर फिर्ता गर्नुभएन,’ कार्कीले भनिन् । पैसा नदिन उल्टै षड्यन्त्र गरेर चरित्रहत्या गरेको बताइन् ।

कार्कीले ज्ञानेन्द्र शर्मासँग आफ्नो चिनजान ३ वर्षदेखि भएको सुनाइन् । उनका दाजु केदारनाथ शर्मासँग सहकारीको संचालकको रुपमा चिनजान भएको सुनाइन् । सहकारीमा पैसा राख्न भन्दा पहिलानै उनीहरुसँग आफ्नो चिनजान भएको बताइन् ।

भाईले विदेशबाट पठाएको घर खर्च पैसालाई बचाएर राखेको रकमको राम्रो ब्याज आउने सहकारीको खोजीमा आफू रहँदा केदार नाथले १० लाख रुपैयाँ राखेमा २१ महिनामा १६ लाख दिन्छु भनेपछि दिएको सुनाइन् ।

उनले भनिन्, ‘म उहाँको कुरा सुनेर, ठुलो ब्याजको लोभमा परेर राजिखुशीसाथ १० लाख रुपैयाँ ज्ञानेन्द्र शर्मा र केदारनाथ शर्मालाई दिए । सुरुमा केदारनाथलाई ५ लाख दिए । तर केदारनाथ सम्पर्कविहिन हुनुभयो ।’

बल्ल बल्ल सम्पर्क गर्दा केदारनाथले उनका भाई इन्दु शर्मालाई भेट्न पठाएको सुनाइन् । उनका भाई इन्द्ुलाई नेपाल हाउसमा वालुवाटारमा भेटेर २ प्रति फोटो र नागरिकताको प्रतिलिपि दिएको सुनाइन् त्यसपछि सहकारीको सदस्य भएको पासबुक आउछ भनेपनि भाई इन्दुपनि सम्पर्क विहिन भएको उनको भनाई थियो ।

विभिन्न प्रयासपछि शर्मा दाजुभाईले १६ लाख रुपैयाँको चेक २०७८ बैशाख २ गते साट्ने समय दिएर आफुलाई दिएको बताइन् । उनले भनिन्, ‘सो समयमा जाँदा खातामा पर्याप्त पैसा नै रहेनछ ।’

चेक बाउन्सको कुरा अगाडि बढाएपछि एनआइसी बैंकको खाता ८ लाख रुपैयाँ बैंकमा हालिदिएप्छि पुन सम्पर्क विहिन भएको उनले आरोप लगाइन् । उनले भनिन्, ‘मैंले लिन बाँकी ६ लाख रुपैयाँको चेक बाउन्स गरेको प्रहरीलाई खबर गर्छु भनेपछि हतार–हतार प्रहरीलाई खबर नर्गनुस भन्दै शर्मा दाजु भाईले २ लाख रुपैयाँ दिए अनि राजिखुशी साथ १६ लाख रुपैयाँको चेक फिर्ता गरेको हो ।’

पछि होटल हिमालय नजिकको क्याफेमा १ लाख दिने भनेर बोलाएर आफूमाथि प्रहरी लगाएको आरोप लगाइन् । प्रहरीको हिरासतमा आफूलाई निकै यातना दिएको उनले बताइन् । उनले भनिन्, ‘तलाई ५ वर्ष सडाइदिन्छु, तलाई सकाइदिन्छु भन्ने जस्ता धम्की मलाई दिइयो ।

१० दिनमै मेरो अनुसन्धान सकिएको थियो, तर २४ दिन भन्दा बढी झुटो विषय उठाएर मलाई फसाइयो । कपोल्कपित, झुटो मुद्दा लगाएर, झुटो बयान दिएर मेरो चरित्र हत्या गरियो । अझैपनि म फ्रेस हुन सकेको छैन् ।’ उनले प्रहरीले बयान परिवर्तन गर्न आग्रह गरेपनि आफू नमानेको सुनाइन् ।

आफूले अहिलेसम्म अर्ध न्याय पाएको भन्दै पूर्ण न्याय पाउने आशामा आफू रहेको विश्वास व्यक्त गरिन् । अझैपनि असुरक्षित छु भन्दै उनले सके पचाउने नसके ज्यानको बाजी राख्न शर्मा दाजुभाईले धम्की दिएको सुनाइन् ।

आफ्नो पाकिर्ङ गरिराखेको गाडीबाट नागरिकता हराएकोले अझै आफू सशंकित भएको पनि उनको भनाई थियो । केदारनाथ र ज्ञानेन्द्र शर्माको अझैपनि पेशा यही हो भन्ने थाहा नभएको भन्दै उनले उनीहरुको कारोबार के हो त्यसबारेमा खोजीनीति गर्न पर्नेमा जोड दिइन् ।

प्रतिक्रिया