योगेश भट्टराईको प्रश्न : नारायणहिटी संग्रहालयमा कफी सप खोल्न नपाउने हो भने त्यहाँ निर्मित भवन किन नभत्काएको ?

admin

काठमाडौं, २९ पुस : नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले नारायणहिटी संग्रहालयमा कफी सप खोल्न नपाउने हो भने त्यहाँ निर्मित भवन किन नभत्काएको भनी प्रश्न उठाएका छन् ।

(हिजो) बुधबार एक टेलिभिजनको अन्तरवार्तामा पूर्वमन्त्री भट्टराईले आफ्नो पालामा नारायणहिटी संग्रहालयभित्र भवन नबनेको जिकिर समेत गरेका छन् ।

यस्तै उनले नारायणहिटी संग्रहालयभित्र क्याफ्टेरिया सञ्चालनका लागि बोलपत्र आह्वान भएको बारेमा आफूलाई जानकारी नभएको बताए ।

भट्टराईले संग्रहालयभित्र क्यान्टिन चाहिने कुरामा आफू अहिले पनि अडिग भएको बताएका छन् । उनले आनन्दराज बतासलाई आफूले चिन्ने र पोखरामा रहेको उनको होटलमा बसेको पनि बताए ।

उनले भ्रष्ट, दलाल र कमिसनखोरलाई बचाउनका निम्ति मिडियाको खेल चलिरहेको आरोप पनि लगाएका छन् । सचिव भट्टराईले पर्यटनमन्त्री प्रेम आलेलाई ठेगानमा बस्न र बोलीमा लगाम लगाउन समेत सुझाव दिएका छन् ।

प्रतिक्रिया