आज पाँच सय बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, २९ पुस : सुनको मूल्य (आज) बिहीबार तोलामा पाँच सय रुपैयाँले बढेको छ ।

(हिजो) बुधबार तोलाको ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार पाँच सय रुपैयाँले बढेर ९२ हजार पाँच सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, तेजावी सुनको मूल्य ९२ हजार रुपैयाँ कायम रहेको छ भने बिहीबार चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ । बिहीबार चाँदी तोलाको १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया