आज शेयर बजारमा ६ अर्ब ६६ करोडको कारोबार

admin

काठमाडौं, २९ पुस : शेयर बजार परिसूचक नेप्से (आज) बिहीबार ५४ अङ्कले बढेको छ । (हिजो) बुधबार ३० अङ्कले घटेको नेप्से बिहीबार ५४ दशमलव १२ अङ्कले बढेर दुई हजार आठ सय ५७ दशमलव ७५ विन्दुमा पुगेको छ ।

बिहीबार अन्यबाहेक सबै समूहको शेयर बढेकोमा जीवन बीमा समूहको शेयर सबैभन्दा शेयर तीन सय ४९ अङ्कले, निर्जीवन बीमाको दुई सय ८८, माइक्रोफाइनान्सको एक सय ७४, जलविद्युतको एक सय ५८ र विकास बैंक समूहको शेयर एक सय ४७ अङ्कले बढेको छ ।

यस्तै दुई सय २४ वटा कम्पनीको एक करोड १८ लाख कित्ता शेयर ६ अर्ब ६६ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै माथिल्लो तामाकोसी हाइड्रोपावरको ३४ करोड रुपैयाँको शेयर किनबेच भयो । बिहीबार मध्य भोटेकोसी जलविद्युत् कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै १० प्रतिशतले बढ्दा माउन्टेन हाइड्रो र कर्णाली विकास बैंकको शेयर नौ प्रतिशतभन्दा बढेको छ ।

प्रतिक्रिया